Aamsanchar

कोसी सरकारद्वारा संघीयता कार्यान्वयन र प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप

Author Image
शुक्रवार, भदौ २८, २०८१

विराटनगर – कोसी प्रदेश सरकारले संघीयता कार्यान्वयन र प्रदेश कानुन कार्यान्वयन कार्यदलको म्याद थप गरेको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि शुक्रबार बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको हो ।

प्रदेश सरकारले कार्यदलको अवधि ६० दिन थपेको छ ।यस्तै, उराउ जातिको भाद्र पूर्णिमामा पर्ने पर्वका निम्ति उक्त समुदायलाई त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिए ।

उराउ जाति झापा, मोरङ, सुनसरी र इलामका केही भागमा बसोबास गर्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)