Aamsanchar

मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद

Author Image
शुक्रवार, भदौ २८, २०८१

काठमाडौं – कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।

पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको हो । गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको छ ।प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

त्यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित ललितपुर महानगरपालिका–१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर