Aamsanchar

उदयपुरमा एक वृद्धको सिँचाइ पोखरीमा डुबेर ज्यान गयाे

Author Image
शुक्रवार, भदौ २८, २०८१

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका-९, लालाभित्तेमा शुक्रबार एक वृद्धको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको छ।

गर्मीमा पौडी खेल्न गएका ६५ वर्षीय गोरेमान राईको डुबेर ज्यान गएको हो। वडाध्यक्ष प्रकाश राउतका अनुसार राई एक वर्षअघिदेखि लालाभित्तेमा दाजु सिताराम राईको घरमा बस्दै आएका थिए। त्यसअघि उनी भारतमा थिए।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा गएको टोली मृतक राईको शव पोखरीबाट निकाली पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर