Aamsanchar

सुनसरीमा चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन

Author Image
शुक्रवार, भदौ २८, २०८१

इनरुवा-सुनसरीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत चाडपर्वलाई लक्ष्ति गरेर बजार अनुगमन थालेको हो ।

दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अनुगमन थालेको छ । सङ्घीय सरकारको निर्देशन अनुसार प्रशासनले टोलीटोलीमार्फत बजार अनुगमन गर्दै आएको छ । बजार अनुगमन टोलीले खाद्यान्न, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेको जनाएको छ ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब दुई साता बाँकी छँदै प्रशासनले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो ।

सबै सहरी तथा ग्रामीण क्षेत्रका बजार अनुगमन सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । खासगरी जिल्ला सदरमुकाम इनरुवा, धरान, इटहरी, रामधुनी, झुम्का, दुहवी, कोशीलगायतको क्षेत्रमा अनुगमन थालिएको तिवारीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहको नेतृत्वमा बजारमा उपस्थिती बढाउँदै अनुगमनलाई तिव्र पारिएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बजारको आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिंदै अनुगमन थालेको जनाएको छ ।

बजार अनुगमन व्यवसायीहरूलाई आतङ्क फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि प्रशासनले स्पष्ट पारेको छ । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर