Aamsanchar

ताप्लेजुङमा खैरो हिरोइनसहित तीन जना पक्राउ

Author Image
शुक्रवार, भदौ २८, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले सदरमुकाम फुङ्लिङबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–५ का २० वर्षीय जगत श्रेष्ठ र वडा ७ का २३ वर्षीय अनुप गुरुङ छन्। यस्तै फुङ्लिङ नगरपालिका–५ शिवालय मन्दिर नजिक बस्दै आएका भारत, बिहार राज्यको अररिया थाना वडा १२ का २३ वर्षीय अमिर हम्जा अन्सारी पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट ७० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। बस्नेतका अनुसार उनीहरुको साथबाट २६ हजार ६०० रुपियाँ नगद, मोबाइलसहितका सामग्री बरामद भएको छ। पक्राउ परेकालाई ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर