झापा । झापाको शिवसताक्षी नगरपालिकाका एक व्यक्ति आफ्नै भाइको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ८ का नारायण सिटौलालाई प्रहरीले पक्राउ परेको हो ।
अभियुक्त सिटौलालाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भदौ २७ गते सोही ठाउका वर्ष ४१ को रामप्रसाद सिटौला आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका थिए ।

रामप्रसाद सिटौला आफ्नै घरको बलेँसी भुईँमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले अनुसन्धानको क्रममा टाउको र अनुहारमा चोट देखिएकोले घटना शङ्कास्पद रहेको प्रहरीले ठहर गरेको थियो ।

घटनाको प्रकृति र दसीप्रमाणलाई आधार मान्दा मृतकका आफ्नै दाजु नारायण सिटौला अनुसन्धानको घेरामा परेकोले अभियुक्त सिटौला उपर थप अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिए ।


