Aamsanchar

बिर्तामोडमा छु*रा प्र*हार, अन्दाजी २० वर्षीया युवतीको मृ*त्यु

Author Image
शुक्रवार, भदौ २८, २०८१

झापा । झापाको बिर्तामोडस्थित महानन्द चौकमा आज साँझ एक युवती माथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट अन्दाजी २० वर्षीया युवतीको मृत्यु भएको हो ।

एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्रिन सफल भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन । प्रहरीले घटनाको बारेमा छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर