Aamsanchar

हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति पछि गाउँपालिकाका अध्यक्षले तोडे अनशन

Author Image
शनिवार, भदौ २९, २०८१

नवलपरासी – प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन्। हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोडेका हुन्। अध्यक्ष यादव अघिल्लो शुक्रबार दिउँसोदेखि अनशनमा थिए।

चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन्। सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाएका हुन्।

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण शुरु गरी दशैँअघि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र लगत्तै उक्त क्षेत्रमा कालोपत्र शुरु गर्ने उल्लेख छ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ। सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गरी ठेक्का रद्दको प्रक्रिया अगाडि बढाउनेछन्।

सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी९कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ। प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजना समयमै सम्पन्न गर्नलागि सबै राजनीतिक दलका प्रमुखले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर