Aamsanchar

नाइजेरियामा डुंगा दुर्घटना, ६४ जनाको मृत्यु, ६ जनाको जिवितै उद्धार

Author Image
आइतवार, भदौ ३०, २०८१

काठमाडौं – नाइजेरियामा भएको एउटा डुंगा दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ।

उत्तर–पश्चिमी नाइजेरियाको जम्फारा राज्यमा एउटा नदीमा भएको दुर्घटनामा परेका ६ जनाको जिवितै उद्धार गरिएको छ। डुंगामा ७० जना सवार रहेको अनुमान छ। दैनिकजसो डुंगा चढेर खेतीपातीका लागि जानेहरु दुर्घटनामा परेको अधिकारीहरुको भनाइ छ।

यस क्षेत्रमा दैनिजसो झण्डै ९ सय किसान खेतीपातीका लागि डुंगा चढेर नदी वारपार गर्ने गरेका छन्। तर त्यसका लागि जम्मा दुईवटा डुंगा रहेका कारण डुंगामा भीड हुने गरेको छ । जसका कारण उनीहरुको ज्यान जोखिममा पर्ने गरेको छ।

यो क्षेत्र विभिन्न आपराधिक समूहका कारण समस्यामा छ भने हालै विभिन्न समयमा हुने भारी वर्षाका कारण बाढीको चपेटामा समेत पर्दै आएको छ। दुई हप्ताअघि आएको भीषण वर्षा र बाढीका कारण यस क्षेत्रका १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर