Aamsanchar

काभा महिला भलिबलमा आज नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भिस सँग खेल्ने

Author Image
आइतवार, भदौ ३०, २०८१

काठमाडौं – काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबको सामना गर्ने भएको छ।

माल्दिभ्समा आज सुरु हुने च्याम्पियनसिपमा पुलिस क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेको हो। त्यसअघि आजै हुने उद्घाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वाम्कोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले जनाएको छ।

नेपाल पुलिस क्लबले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा तजाकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा माल्दिभ्स पुलिस क्लबको सामना गर्ने छ।

पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।

लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर