Aamsanchar

सूर्योदयको दृश्यावलोकनका लागि अन्तुको झल्को दिने धनकुटाको ध्वजे डाँडा

Author Image
आइतवार, भदौ ३०, २०८१

हिले – सूर्योदयको दृश्यावलोकनका लागि धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ डाँडा बजारस्थित ध्वजे डाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ ।

समुद्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको यो डाँडो महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडा हो । खास गरी यो मौसममा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँ पुग्ने गरेका छन् । अन्तु र ध्बजेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्योदयको दृश्य अन्त र यहाँबाट उस्तै देखिने बताउँछन् ।

 

यहाँबाट सूर्योदयसहित पूर्वका अधिकांश जिल्ला, तराईको फाँट, विभिन्न पर्वत शृङ्खला देख्न सकिने स्थानीय सुनिता लिम्बु बताउनुहुन्छ । घाम झुल्कनु अघि हिमालमा देखिने रङ्गिन दृश्यले सबैलाई मोहित पार्ने उहाँको भनाइ छ ।

सूर्योदय हेर्न पछिल्लो समय दैनिक हजारौँ पर्यटक इलामको अन्तु पुग्ने गरेका छन् । पर्यटकीय सिजनको बेला त अन्तमा पाइला समेत राख्ने ठाउँ हुँदैन । तर अन्तुसँग तुलना गरिने धनकुटाको डाँडा बजारस्थित ध्जये डाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निक्कै कम मात्र पर्यटक पुग्ने गरेका छन् । पूर्वको पर्यटकीय नगरी भेडेटारबाट १३ किलोमिटर पूर्व तथा धनकुटाको डाँडा बजारबाट १ किलो मिटरमाथि रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर