
प्रतिकात्मक तस्बिर


झापा – झापाको गौरीगञ्जमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका थिए । घाइते राजवंशीलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।


घटनाबारे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट अनुसन्धान गरिरहेको जनाइएको छ ।
Views: 50

