Aamsanchar

सवारी दुर्घटनाहुँदा एक जनाको मृत्यु

Author Image
सोमवार, भदौ ३१, २०८१

विराटनगर। मोरङको विराटनगर महानगरपालिका-१४ स्थितमा सवारी दुर्घटनाहुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ ।

भाद्र ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको UP 36 P 2891 नम्बरको ट्रकमा ठक्कर लाग्दा घाईते भएका मोटरसाइकल चालक विराटनगर -१५ का १८ वर्षीय राजिव मण्डल र मोटरसाइकल पछाडि सवार रहेका विराटनगर -१० का २५ वर्षीय कृष्ण मण्डलाई उपचारको लागी विराट नर्सिङहोम विराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो ।

उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)