Aamsanchar

विराटनगरमा विद्यालय नाटक महोत्सव सम्पन्न

Author Image
सोमवार, भदौ ३१, २०८१

विराटनगर – विराटनगरमा विद्यालय नाटक महोत्सवको चौथौ संस्करण सम्पन्न भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेन्डरी स्कुलका विद्यार्थीले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा ‘सावित्रीको बाख्रो’ नाटक मञ्चन गरेका थिए ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा १० दिनसम्म चलेको महोत्सवमा आयोजक र नौ विद्यालयका एकरएक गरी दशवटा नाटक मञ्चन भएका थिए । महोत्सवमा सहभागी भएकामध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपियाँ’ले उत्कृष्टको अवार्ड पायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर