कनकाई । साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दुर्गापुरले ११ जना भन्दा धेरैलाई सम्मान गरेको छ । संस्थाको सभाहलमा आयोजित संस्थाको ३२ औं वार्षिक साधारण सभामा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा असल ऋणीका रूपमा सर्गवती राजवंशी , उत्कृष्ट बचतकर्ताका रूपमा रामकुमार चाम्लिङ तथा शेयर सदस्यहरूको तर्फबाट भिमप्रसाद राजवंशी ,गङ्गा प्रसाद खरेल ,मैना तिवारी ,देवीप्रसाद उप्रेती ,पुष्पराज राजवंशी , पूर्व लेखा संयोजक सुशील कुमार पोखरेल, सदस्य धनपति चुडाल, कर्मचारी प्रतिमा ओली , र पूर्ण बहादुर राजवंशीलाई सम्मान गरिएको थियो ।
त्यसै गरी कार्यक्रममा संस्थाका १५ जना सेयर सदस्यलाई गोला प्रथाबाट छनौट गरि पुरस्कृत समेत गरिएको व्यवस्थापक चुडालले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष टिकाप्रसाद पाठकले आ।व। २०८०÷०८१ को समीक्षा र आ।व। २०८१÷०८२ को वार्षिक कार्यक्रम तथा कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा लेखा समितिका संयोजक दुर्गा नेम्बाङले आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । वार्षिक प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिवेदन र स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको व्यवस्थापक विष्णु प्रसाद चुडालले जानकारी दिनुभयो । २०२८ सालमा साझाको नाममा दर्ता भएको यस संस्था २०४८ सालमा सहकारी संस्था लिमिटेड दुर्गापुर रहेकोमा २८ औं वार्षिक साधारणबाट बहुउद्देश्यीय सहकारी संस्था रहन पुगेको व्यवस्थापक चुडालले जानकारी गराउनुभयो।
साझा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा हाल २ सय ७० महिलासहित ६ सय ७९ शेयर सदस्य रहेका छन् । हाल संस्थाको कुल चुक्ता शेयर पूँजी १ करोड ५५ लाख १९ हजार २ सय रुपैयाँ रहेको छ भने कुल ऋण लगानी २ करोड ८६ लाख ७८ हजार रुपैयाँ रहेको लेखा समितिका संयोजक नेम्वाङले जानकारी दिनुभयो ।



कार्यक्रममा भवानी खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेती , निवर्तमान अध्यक्ष गोपाल उप्रेती , कनकाई कृषि सहकारी प्रवन्धक नेत्रप्रसाद चिमरिया , नेपाली काग्रेस वडान ७ का सभापति ईश्वरीप्रसाद शिवाकोटी ,कनकाई धाम धार्मिक विकास सस्थाका अध्यक्ष सेरबहादुर थापा, कनकाई वडा न ८ कि कार्यवाहक अध्यक्ष रिता उप्रेती ,बारदशी वडा न ६ का वडा सदस्य भिमप्रसाद बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष पूर्णप्रसाद बेडारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचीव मनोज कुमार पोखरेल र व्यवस्थापक चुडालले संयुक्त रुपमा गर्नुभएको थियो ।

