Aamsanchar

उपसभामुख इन्दिरा राना दुबई हुँदै रुस प्रस्थान

Author Image
मङ्गलवार, असोज १, २०८१

काठमाडौं – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रुसतर्फ प्रस्थान गरेकी छन्।

रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन्।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ। उनले उक्त फोरममा सम्बोधन गर्नेछिन्।

उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर