Aamsanchar

महिला लिग फुटबलमा आज दुई वटा खेल

Author Image
मङ्गलवार, असोज १, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा सङ्कटा र एपीएफ क्लब खेल्दैछन् । यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे १२ बजे शुरू हुँदैछ ।

सङ्कटा पाँच खेलमा पाँच अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । समान खेलमा १३ अङ्कका साथ एपीएफ शीर्ष स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब दिउँसो साढे ३ बजे खेल्दैछन् । पाँच खेलमा १० अङ्क रहेको कोशी चौथो र उति नै खेलमा समान १० अङ्कका साथ आर्मी तेस्रो स्थानमा छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर