Aamsanchar

हनुमानढोका पुगेका बालेन समर्थकहरू प्रहरीकाे नियन्त्रणमा

Author Image
मङ्गलवार, असोज १, २०८१

काठमाडौं – इन्द्रजात्रामा सहभागी हुन हनुमानढोका पुगेका बालेन समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को फोटो अंकित टि-सर्ट लगाएर हनुमानढोका पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार दुई पक्षबीच झडप हुने अवस्था देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

´इन्द्रजात्रामा सहभागी हुन स्थानीय युवाहरू कुमारीको तस्बिर अंकित टि-सर्ट लगाएका रहेछन्। बालेनको तस्बिर अंकित टि(सर्ट लगाएर उनीहरू पुगेपछि स्थानीयले कुटपिटसमेत गरेको पाइयो। भीआइपी सहभागी हुने कार्यक्रममा धरपकड हुने अवस्था नआ‌‌ओस् भनेर उनीहरूलाई त्यहाँबाट ल्याएका हौं,` प्रवक्ता घिमिरेले भने। उनीहरूलाई जनसेवा वृत्त परिसरमा राखिएको घिमिरेले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर