Aamsanchar

एपीएफले सङ्कटालाई हरायो

Author Image
मङ्गलवार, असोज १, २०८१

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो । एपीएफका लागि सरु लिम्बु, अनिता केसी र सबिता राना मगरले समान एक गोल गरे ।

प्रतियोगितामा एपीएफको यो पाँचौं जीत हो । एपीएफ ६ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सङ्कटा ६ खेलमा पाँच अङ्कसहित सातौं स्थानमा छन् ।

एन्फा महिला लिगमा आजै दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर