Aamsanchar

बिर्तामोड बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजमा सिभिल ओभरसियरसहित सिटिइभिटीका कक्षा हुने

Author Image
मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले थप कक्षाहरुको सम्बन्धन पाएको छ ।

दुई वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको कलेजका प्रिन्सिपल अनुज पराजुलीले बताए ।

एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर