Aamsanchar

बझाङ केन्द्रविन्दु भएर भूकम्प

Author Image
बुधवार, असोज २, २०८१

बझाङ – बझाङमा भूकम्प गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । यसअघि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर दुइवटा भूकम्पका धक्का महशुस गरिएको थियो । पटक पटकको भूकम्प जाँदा बझाङबासी त्रसित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर