Aamsanchar

सिम्रिक सहकारीको अध्यक्षमा पुनः भट्टराई

Author Image
बुधवार, असोज २, २०८१


बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भट्टराई दोस्रो पटक अध्यक्षमा चयन भएका हुन् ।

यसपटक पनि अघिल्लै सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिले निरन्तरता पाएको छ । पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समिति सदस्य डिल्ली दाहालले जानकारी दिए ।

सञ्चालक समितिको उपाध्यक्षमा किरण कपुरी, सचिव महेन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमा बिष्ट पुनः चयन भएका छन् । सदस्यहरूमा लीला मुखिया, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नबिज जोगी छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । सदस्यहरूमा मीनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएको जनाइएको छ ।
आज ९बुधबार० बिर्तामोडमा आयोजित संस्थाको १४ औं वार्षिक साधारणसभामा नव निर्वाचित पदाधिकारीहरूलाई सफथ् ग्रहण गराइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर