Aamsanchar

कोशी प्रदेशको पर्यटन प्रचार र प्रर्वद्धनका लागि नेपाल–भारत का सरोकारवाला पक्ष बीच काँकडभिट्टामा छलफल

Author Image
बुधवार, असोज २, २०८१

काँकरभिट्टा । पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र प्रचारको लागि कोशी झापाको काँकडभिट्टामा नेपाल र भारतका प्रत्यक्ष सरोकार राख्ने निकायका प्रतिनिधि बिच अन्तरक्रिया भएको ।
पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मङ्गलबार आयोजित क्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४ को सन्दर्भमा भारत  तथा नेपालका पर्यटन व्यवसायी र सम्बन्धित निकायका सरोकारवालाहरू बीच अन्तरकृया भएको हो ।

अन्तरक्रियामा विशेष गरि कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रमा भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनु पर्नेमा सम्बन्धित सरोकारवालाहरूले जोड दिएका छन् ।
विदेशी नागरिकलाई नेपालको पर्यटकीय क्षेत्रमा आकर्षण गर्न सवारी चालकलाई तालीम दिनुपर्ने, पर्यटकीय क्षेत्रमा सडक र आसपासका दृश्यलाई मनोरम बनाउनुपर्ने, स्थानीय तहले लिने गरेको पटके करमा छुट दिनुपर्ने, प्रहरीले गर्ने चेकिङलाई व्यवस्थापन गर्नुपर्ने, उपयुक्त सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नेपाल–भारतमा रहेका प्रसिद्ध शहर, धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रसँग भगिनी सम्बन्ध राख्नुपर्नेलगायत विषयमाथि सरोकारवालाले धारणा राखेका थिए ।

साथै कोशी प्रदेशको पर्यटकीय क्षेत्रमा पाइने लोपोन्मुख पर्यावरण, बन्यजन्तु, कृषि उपज, भौगोलिक अवस्था, संस्कृति, हावापानी, मौसम र त्यस क्षेत्रमा पाइने छुट्टै मनोरम बिबिधतालाई थप सुधार गर्न सरकारीस्तरबाट प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएका थिए । ग्रामीण पर्यटन विकासमा सरकार चिन्तित नदेखिएकाले ग्रामीण उत्पादनलाई प्रोत्साहन गर्न नसकिएको समेत औंल्याए ।
कार्यक्रमका प्रमुख अतिथि, भारतका पूर्वप्रशिक्षक फुटबलर एवम् टुरिजम क्षेत्रका अगुवा भाइचुङ भुटियाले टुरिजम क्षेत्रको विकासका लागि आफ्नै क्षेत्रको वरिपरिको ससाना विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कोशी प्रदेश पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन विकासमा प्रदेश सरकारले योजनासहित बजेट लगानीमा सहयोग गर्ने बताए । उनले स्थानीय पर्यटन क्षेत्रको विविधता एवम् उपयुक्त पहिचान र सम्भावित योजना तीव्रता दिनेसमेत बताए ।
विदेशी पर्यटक आगमनमा सहज बनाउन झापाको चारआलीमा शाखा स्थापना गरेर सवारीमा स्टिकर टाँसिने कार्यक्रम रहेको जानकारी दिए । क्रस बोर्डर टुरिजमलाई प्रभावकारी बनाउन छुट्टै योजना अवधारणा ल्याउनेसमेत सचिव घिमिरेको भनाई थियो ।
भारतका पर्यटन अभियन्ता राज बासुले पर्यटन प्रवर्द्धनका लागि जनस्तरबाटै पर्यटनमैत्री हुनुपर्नेमा जोड दिए ।  भारत नेपाल सांस्कृतिक खानपान, लुवाई खुवाई, लाइफ स्टाइल बोकेका सहरमा सम्भावना खोज्ने र नेपालको राम जानकी, गौतम बुद्ध, कलकत्ताको काली मन्दिर र ताप्लेजुङको पाथीभरालाई भगिनी सम्बन्ध गाँस्न सकिने बताए ।

पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छबिलाल खतिवडाले ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४को अवधारणापत्रसहित स्वागत गरेको कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले जैविक विविधताको दृस्ठिकोणले पर्यटन प्रवर्द्धनको धर्मसंस्कृती जातीय विविधता महत्व, टुरिष्जम प्रमोशनको सम्भावना रहेको बताए । उनले रेडपण्डा जोनको रुपमा इलामलाई बिकास गर्ने योजना कार्ययोजना बनाएको उल्लेख गरे।
सुर्यदय नगरपालिकाका मेयर दलबा राईले नगरपालिकाबाट ३५१ अवलोकन भ्रमण गर्न आएको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कमि र भुक्तानीलाई डिजिटल व्यवस्थापन हुन आवश्यक भएको औंल्याए ।

कार्यक्रममा पर्यटन नगरी सूर्योदय नगरपालिकाका नगर प्रमुख आरवी राई, नाटाको सचीव पुन्य भट्टराई, यातायात व्यवसायी राजेन्द्र रिजाल, होम–स्टे केन्द्रिय उपाध्यक्ष एकराज घिमिरे, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईं,  सागर शिवाकोटी, मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतले बोलेका थिए ।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले सम्भावित पर्यटन क्षेत्रको सुझाब, प्रभाव र प्रस्तावको विषयमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर