Aamsanchar

पाँच दिनअघि मिस्टर काठमाण्डौ शारीरिक सुगठनकाे उपाधि जितेका प्रकाश अस्ताए

Author Image
बुधवार, असोज २, २०८१

काठमाण्डौ – पाँच दिनअघि मिस्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।

आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो ।

मोरङको पथरीका ४५ वर्षीय राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आएकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ ।

गएको शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौं खुला मिस्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता राईले जित्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर