Aamsanchar

विराटनगरमा कपडा पसलमा आगलागी हुँदा १ करोड क्षति

Author Image
बुधवार, असोज २, २०८१

विराटनगर – विराटनगरमा बुधबार बिहान एउटा कपडा पसलमा आगलागी भएको छ । आगोले पसल जल्दा करिब १ करोड बराबरको क्षति भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४:३० बजेतिर आगलागी भएको हो । कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल सञ्‍चालन गर्दै आएका थिए ।

आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेत बताउँछन् । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

 

आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । पसल सञ्चालन गरिएको सटरमा पनि क्षति पुगेको छ । मानवीय र चौपाया क्षति भने नभए पनि आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको जानकारी डीएसपी बस्नेतले दिए ।

त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार बिहान ४:३० बजेतिर आगोले पार्वती खड्काको घर आगो लागेको हो । आगोले घर पूर्णरूपमा ध्वस्त भएको छ ।

स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । डीएसपी बस्नेतका अनुसार आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा,अन्नपात,भाँडावर्तन सबै जलेको छ । करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर