Aamsanchar

हल्दीबारीको पञ्चायत मा.वि.मा छात्रवृत्ति वितरण 

Author Image
बुधवार, असोज २, २०८१

हल्दीबारी  । झापा हल्दीबारी गाउँपालिकामा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ ।
आज शिक्षा दिवसको अवसर पारेर टिकाराम–मनोधरा उप्रेती स्मृति छात्रवृत्ति प्रतिष्ठानको स्थापना सँगै  छात्रवृत्ति वितरण गरिएको हो ।

२०८० सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र तर्फ रुपेश लोक्ताम ,र छात्रा तर्फ पूर्णिमा मेचेलाई जनही ५ हजार हस्तान्तरण गरिएको छ । साथै विद्यालयका जेहनदार विद्यार्थी  कक्षा १० मा अध्ययनरत ललिता दर्जीलाई नगद रु ३ हजार हस्तान्तरण गरिएको प्रतिष्ठान परिवारका सदस्य गङ्गा उप्रेतीले जानकारी दिए ।

प्रतिष्ठानले विद्यालयमा अक्षयकोष स्थापन गरेर  प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने कार्यलाई  निरन्तरता दिने बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उदय बहादुर लोक्तामको अध्यक्षतामा आयोजित  कार्यक्रममा हल्दीबारी गाउँपालिका ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ओलीले मानव सभ्यताको विकास  शिक्षा कै कारण भएको हो । शिक्षाले व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई माथि उठाउन सक्छ । राज्यको तर्फबाट शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी भएको छ । तर राज्यले गरेको लगानी अझै पर्याप्त हुन सकेको छैन । शिक्षाको लागि नीजि, सामाजिक क्षेत्रबाट विगत देखिनै ठुलो लगानी हुँदै आएको छ । बालबालिकाहरूलाई शिक्षा आर्जन गर्न प्रोत्साहन गर्ने उद्देश्यले उप्रेती परिवारको तर्फबाट छात्रवृत्ति वितरणले यस विद्यालयका विद्यार्थीहरुमा प्रेरणा र हौसला बढाउने काम भएको बताए ।

कार्यक्रममा वडा सदस्यद्वय बिष्णुमाया तिम्सिना ढुङ्गेल, अजित कुमार बिष्ट, प्रतिष्ठान परिवारका सदस्यहरू चुडामणि उप्रेती, अम्बिका उप्रेती, गङ्गा उप्रेती, भोजकला पौडेल उप्रेती, योगमाया उप्रेती शिवाकोटी, बलराम शिवाकोटी, गोविन्द उप्रेती, विद्यालय शिक्षक अभिभावक सङ्घ अध्यक्ष भीम प्रसाद काफ्ले, संस्थापक अध्यक्ष लेवु मेचे लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद वनले स्वागत गरेको कार्यक्रमको सञ्चालन  शिक्षक अभिषेक खतिवडाले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)