Aamsanchar

लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

Author Image
बुधवार, असोज २, २०८१

काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१.२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो ।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर