Aamsanchar

दशैं आगमन सँगै  बिर्तामोडमा टिभिएसका नयाँ मोटरसाइकल बिक्री सुरु 

Author Image
बुधवार, असोज २, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले टिभिएस रेडर ९एफआइ० र टिभिएस रेडिअन ९एफआइ० को बिक्री सुरु गरेको छ ।
आज एक कार्यक्रमका बीच कम्पनीले दुईवटै मोटरसाइकल सार्वजनिक गरेको छ । नेपाल उद्यमी महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली र बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
विश्वव्यापी रूपमा टु–ह्विलर तथा थ्रि–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले ती मोटरसाइलहरु सहज र इको फ्रेन्ड्ली भएको जनाएको छ ।
एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिस डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखेर मोटरसाइकल बनाइएको जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक गौरव खतिवडाले बताए ।

टिभिएस रेडर एफआइको स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरूबीच लोकप्रिय रहेको पाथिभराका सञ्चालक सजेश शिवाकोटीले बताए ।
फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकूल बनाउने र दैनिक र लामो सवारीको लागि किफायती बनाउने कम्पनीको भनाइ छ ।
राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सकिने कम्पनीको दाबी छ ।

रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिने कम्पनीले जनाएको छ । यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउने पाथिभराका सञ्चालक यम कार्कीले बताए ।
आरामदायी र सुविधाजनक भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ स्टार्ट सुविधाले सवारीको अनुभव बढाउनेछ ।

सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ ।
टिभिएस रेडर एफआइको मूल्य २ लाख ९२ हजार ९०० रुपैयाँ र टिभिएस रेडिअन एफआइको मूल्य र २ लाख ३६ हजार ९०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर