Aamsanchar

आजकाे माैसम

Author Image
बिहिवार, असोज ३, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हिजोजस्तै बिहानदेखि नै मौसम घमाइलो छ ।

देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्य प्रदेश र दक्षिण उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जस कारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज पनि कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका थोरै ठाउँ तथा बाँकी पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर
माैसम पुर्वानुमान
बुधवार, असोज २, २०८१
आजकाे माैसम
मङ्गलवार, असोज १, २०८१