Aamsanchar

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयाे

Author Image
बिहिवार, असोज ३, २०८१

दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र पछाडि बस्ने घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो।

घोराही-लमही सडक अन्तर्गत लमही नगरपालिका वडा नं. ६ स्थत बेलदमारमा बिहीबार बिहान साढे ७ बजेतिर रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई प्रहरीले लमही अस्पताल ल्याएको थियो। चिकित्सकले जाँच गरी बिहान ९ बजे उनीहरूको मृत्यु भएको पुष्टि गरे।

प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर