Aamsanchar

नेपाली बजारमा सुनचाँदीको मूल्य

Author Image
बिहिवार, असोज ३, २०८१

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२