Aamsanchar

ताप्लेजुङकाे मिक्वाखोलाद्वारा ग्यास सिलिन्डर र चुल्हो वितरण

Author Image
बिहिवार, असोज ३, २०८१

फाेटाे कान्तिपुर

ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका–३, लिबाङका जनतालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । वडाका ३ सय ८५ घर–परिवारलाई खाना पकाउने प्रयोजनका लागि सिलिन्डर र चुल्हो वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार एक घर–परिवारका लागि एक थान ग्यास सिलिन्डर र एक सेट चुल्हो वितरण गरिएको हो । यसका लागि गाउँपालिकाले २७ लाख र मेवा डेभलपर्स लिमिटेडले १० लाख रुपैयाँ लगानी सहयोग गरेका हुन् ।

‘यसले वडाका जनताको समय पनि बचत हुने र जंगल पनि संरक्षण हुने देखियो,’ पालिका अध्यक्ष कार्कीले भने, ‘धूवाँका कारण अब आँखाको समस्या पनि कम होला भन्ने आशा गरेका छौं ।’

यसअघि वडा १ मा ग्यास सिलिन्डर र चुल्हो एवं वडा २ मा इन्डक्सन चुल्हो वितरण गरिएको थियो । वडा नं. ४ साँवामा पनि यसै वर्ष इन्डक्सन चुल्हो वितरणको योजना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर