Aamsanchar

सिक्किमका पुरनलाई सातौँ उर्लाबारी रनको उपाधि

Author Image
बिहिवार, असोज ३, २०८१

उर्लाबारी-भारतको सिक्किमका पुरन राईले सातौँ उर्लाबारी रन-२०८१ को उपाधि जित्नुभएको छ । १० किलोमिटर दूरी ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपियाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगितामा बैतडीका नरेन्द्रसिंह राउत ३२ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । काठमाडौँका नागेश्वर अहिर ३२ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो ।

दोस्रो र तेस्रोलाई क्रमशः २० हजार र १० हजार रुपियाँसहित प्रमाणपत्र र पदक प्रदान गरियो । यस्तै महिला खुलातर्फको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले ४१ मिनेट ५ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै ३० हजार रुपियाँ, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरी दोस्रो र सुनकला राई तेस्रो हुनुभयो । चौधरीले ४१ मिनेट ३८ सेकेन्ड र राईले ४५ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्नुभयो । भेट्रान्सतर्फ दोलखाका नवराज कार्की प्रथम हुनुभयो । १५ वर्षमुनिको पुरुष खुलातर्फ एडिड एन्जल खड्काले १४ मिनेट २९ सेकेन्डमा १० किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभयो ।

त्यस्तै विमल थापा १४ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र १५ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै सम्पादन राई तेस्रो हुनुभयो । १५ वर्षमुनिको खुला महिलामा जुहि राई प्रथम, विनीता राई दोस्रो र रश्मि राई तेस्रो हुनुभयो ।

सबै इभेन्टका विजयीलाई उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उर्लाबारी रनको सातौँ संस्करणमा नेपाल र भारतका ६ सय जनाले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर