Aamsanchar

आलुको भन्सार बिल बनाएर एक करोडकाे कपडा तस्करी, दुई जना भारतीय नागरिक प*क्राउ

Author Image
बिहिवार, असोज ३, २०८१

हेटौंडा –  हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको एसपी रिजालले बताए ।

प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

ट्रकभित्र प्रहरीलाई झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको एसपी रिजालले जानकारी दिए ।

उनका अनुसार आलुको बोरा राखिएको सँगै ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोल सहितको सर्ट र पाईन्टको कपडाहरु ल्याइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर