Aamsanchar

संविधानमा भएका कतिपय अधिकारहरू अझै कार्यन्वयन हुन सकेको छैन : नगर प्रमुख पोखरेल 

Author Image
बिहिवार, असोज ३, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताएका छन् । दशौँ संविधान दिवसको अवसरमा बिहीवार (आज) नगर परिसरमा नगरपालिकाले आयोजना गरेको झन्डोत्तोलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको भन्दै संविधान पूर्णरुपमा कार्यान्वयन गर्न तीन तहकै सरकार सक्रिय हुन जरुरी रहेको उनको भनाइ छ ।

नगर प्रमुख पोखरेलले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई यसले संरक्षण गर्न आवश्यक रहेमा जोड दिए।

उनले संविधानमा भएका कतिपय अधिकारहरू कार्यन्वयन अझै नभएका र हुने प्रक्रियामा रहेको समेत बताउँदै, संविधानमा धेरै मौलिक अधिकार रहेको बताउँदै नगर प्रमुख पोखरेलले स्थानीय तह आएसँगै धेरै विकास निर्माण र नागरिक अधिकारका विषय सुनिश्चित रहेको जानकारी दिदैँ अझैपनि धेरै काम गर्न बाँकी नै रहेको स्वीकार गरे ।

उनले स्थानीय तहमा नापी, मालपोत कार्यालयहरू राख्ने अधिकार भएपनि राख्न नसकिएको र त्यसका लागि आफूहरूले माग गरिरहेको जानकारी दिए । कनकाईमा स्थानीय तह हुनु अघि १४ किलोमिटर कालोपत्रे रहेकोमा हाल ६० किलो मिटरभन्दा बढी कालोपत्रे तथा पेवर्शको काम भएको नगर प्रमुख पोखरेलले सुझाए ।
कार्यक्रमको अवसरमा नगर प्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्य सहित सहभागीद्वारा राष्ट्रिय झण्डा फहराउदै संविधानले दिएको अधिकारको उपयोग गर्दै देश र जनताका लागी आफ्नो ज्यानको आहुती दिने ज्ञातअज्ञात शहिदहरु प्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले दुई पटक संसोधन भएर आएको यो संविधानले जनताको मर्म र भावनालाई समेत सम्बोधन गरेकोले कार्यान्वयन तर्फ सबै एकजुट हुनु पर्नेमा जोड दिइन । उनले संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेको ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको नगर उपप्रमुख शिवाकोटीले जानकारी गराएका थिइन । उप प्रमुख शिवाकोटीले गतिशील रुपमा रहेको यो संविधान जारी भएको तत्कालीन समयलाई स्मरण गर्दै विभिन्न राजनीतिक दलको अथक प्रयासबाट जारी भएको यो संविधान अन्ततः मुलुककै उत्कृष्ट भएको उनले दाबी समेत गरेकी छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी गरेको स्मरण गर्दै उप -प्रमुख शिवाकोटीले संसोधन सहितको यो संविधान कार्यान्वयनमा आएको नौ वर्ष पूरा भई दशौँ वर्षमा प्रवेश गरेको यो अवसरमा केही संसोधन कुरा आएको भन्दै आवश्यकता अनुसार संसोधन गर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न १ का वडा अध्यक्ष शुशिलकुमार पोखरेल , २ का अध्यक्ष वलराम राई ९ प्रताप० ८ का अध्यक्ष लिला बहादुर कटुवाल , अन्य वडाका कार्यवाहक वडा अध्यक्ष , कार्यपालिका सदस्य ,वडा सदस्य , नगर प्रहरी , कर्मचारी सम्झना तिवारी , सन्चारकर्मी सहभागी रहेको कार्यक्रमको स्वागत उप( प्रमुख शिवाकोटीले गर्नुभएको थियोे भने सन्चालन कर्मचारी मनिता राईले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर