Aamsanchar

खाना पकाउने क्रममा धनकुटामा ग्यास लिकेज भएर आगलागी

Author Image
बिहिवार, असोज ३, २०८१

हिले- धनकुटा नगरपालिका–७ चिरबिरे चौतारामा ग्यास लिकेज भएर आगलागी भएको छ । बिहीबार दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई आगो लागेको हो ।

आगलागीबाट कोठाभित्रका भाँडावर्तन र फर्निचर जलेर नष्ट भएको छ । तर अन्य मानवीय वा गम्भीर क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो करिब आधा घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजबाबु महर्जनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर