Aamsanchar

धनकुटाकाे सात वटा वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह

Author Image
बिहिवार, असोज ३, २०८१

धनकुटा- धनकुटा नगरपालिका-८ को वडा कार्यालय भवन निर्माण भएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो।

यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा नगरपालिका–७ स्थित बसपार्कमा रहेको व्यापारिक भवनबाट यस वडा कार्यालयको सेवा प्रवाह गर्ने गरिएको थियो । यो सँगै धनकुटा नगरका १० मध्ये ७ वटा वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह थालेका छन् ।

वडा नं। ३, ७ र १० नम्बरको भवनको निर्माण भने बाँकी रहेको नगरपालिकाले जनाएको छ।

बिहीबार धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्घाटन गर्दै वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गर्नुभयो । ८ नम्बर वडामा आठपहरिया जातिको बाहुल्यता छ । उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने मेयर तामाङले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वडा कार्यालय भवन बनाउन स्वारिबाका राजबहादुर राईले एक रोपनी जग्गा दान गरेका गर्नुभएको छ । यसैबिच, टेकुनालाको चैनपुरमा सेवा केन्द्र पनि आजै उद्घाटन गरिएको छ । वडा कार्यालय भवन बनेको र सेवा केन्द्र पनि स्थापना गरिएकाले यसबाट वडावासीहरूलाई छिटो तथा सहज रूपमा सेवा प्रवाह गर्न सजिलो हुने वडाध्यक्ष रसबहादुर आठपहरियाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर