Aamsanchar

इलामका दुई सञ्चारकर्मीलाई शशीकला स्मृति पत्रकारिता–लेखन पुरस्कार

Author Image
बिहिवार, असोज ३, २०८१

इलाम- इलाममा स्थापना गरिएको शशीकला स्मृति पत्रकारिता–लेखन पुरस्कार इलामका दुई सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा तात्कालीन शाही सेनाद्वारा गोली हानी हत्या गरिएकी शशीकला शर्माको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट इलामका सञ्चारकर्मी रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत हुनुभएको हो ।

शर्मा तात्कालीन देउमाई गर्जन पत्रिकाका सम्पादक हुनुहुन्थ्यो । इलामस्थित सहिद स्मृति प्रतिष्ठानले शर्माको स्मृतिमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कारबाट यसअघि इलामका पत्रकार रीता राराहाङ, भगीरथ भण्डारी र चेतन आङ्थुपो पुरस्कृत भइसक्नु भएको छ ।

प्रतिष्ठानका अध्यक्ष धीरेन्द्र शर्मा रमण र प्रतिष्ठानका सल्लाहकार टीका घिमिरेले काफ्ले र ढकाललाई जनही सात हजार रुपियाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार आज संविधान दिवसको अवसर पारेर प्रदान गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर