Aamsanchar

भारत तिरुपति मन्दिरमा जनावरको बोसो प्रयोग भएको प्रसाद !

Author Image
शुक्रवार, असोज ४, २०८१

भारतको विश्वप्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ ।
आन्ध्र प्रदेशस्थित यस मन्दिरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्षमा पुगेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पछिल्लो सरकारले मन्दिरको प्रसादका लागि बनाउने लड्डुमा घ्यूको सट्टा जनावरको बोसो प्रयोग गर्ने गरेको आरोप लगाएका छन्। साथै उनले यसले मन्दिरको प्रतिष्ठालाई सङ्कटमा पारेको पनि बताएका छन् ।

उनले मन्दिरको लड्डुमा प्रयोग हुने घ्यूमा मिलावट भएको पुष्टि भइसकेको पनि दावी गरेका छन्।

भारत आन्ध्र प्रदेशको तिरुपति मन्दिर विश्व प्रसिद्ध मन्दिरमध्येको एक हो । जहाँ नेपालसहित विश्वका विभिन्न मुलुकबाट पर्यटक र भक्तजन पुग्ने गर्छन्।
तिरुपति मन्दिरमा बर्सेनि ३ हजार करोड रुपैयाँ दानबाट जम्मा हुन्छ । जसमा ५ सयदेखि ६ सय करोड रुपैयाँ प्रसादको रुपमा लड्डु बिक्री हुने गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)