Aamsanchar

आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब भिड्ने

Author Image
शुक्रवार, असोज ४, २०८१

काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । नेपाल पुलिस क्लब एक खेल अगावै च्याम्पियशिपको फाइनल प्रवेश गरेको छ ।

हिजोसम्म भएका चार खेलमै नेपाल पुलिस अपराजित रहँदै फाइनल पुगेको हो । प्रतियोगितामा पुलिस शीर्ष स्थानमा छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलङ्काको श्रीलङ्का एयर फोर्स, ताजकिस्तानको डाइमेड र माल्दिभ्सको वोम्को क्लबलाई पराजित गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर