Aamsanchar

इन्जिन तातिएर भुस बोकेको ट्रकमा आगलागी

Author Image
शुक्रवार, असोज ४, २०८१

काठमाडौं – नवलपरासीमा भुस बोकेको ट्रकमा आगलागी भएको छ।

नवलपरासी बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित जंगलमा ट्रकमा आगो लागेको हो। शुक्रबार बिहान १० बजेतिर रुपन्देहीबाट चितवनको कुरिनटार जाँदै गरेको लु २ ख ५१३७ नम्बरको ट्रकमा आगो लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले (वर्दघाट सुस्ता पश्चिम)ले जनाएको छ।

गाडीको इन्जिन तातिएर आगो लागेको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। उनका अनुसार आगलागीको खबर पाएलगत्तै पुगेको बर्दघाट नगरपालिकाको दमकलले प्रहरीको सहयोगमा आगो निभाएको थियो।

​आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर