Aamsanchar

गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

Author Image
शनिवार, असोज ५, २०८१

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

गएराति हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुडाल घर भई हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रहरीले बुलेट चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर