Aamsanchar

आज सकिँदै इन्द्रजात्रा

Author Image
शनिवार, असोज ५, २०८१

काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर संघले जनाएको छ ।

इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताउनुभयो । एक हप्ता अघि इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा शुरु भएको थियो ।

यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाले तान्नेछन् । केहिवर्ष अघिदेखि आजका दिन कुमारीको रथ महिलाले मात्र तान्न थालेका हुन् । आज महिलाले कुमारीसहित गणेश, कुमारको रथलाई बसन्तपुर, प्याफल, नरदेवी, किलागल, भेडासिहंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्र जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै आज एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिँदैछ भने जात्राको लागि विभिन्न ठाँउबाट आएका पुलुकिसी, लाखे, महाकालीलगायतका परम्परागत नाचका देवगणका टोली पनि पुजा थापेर आ–आफ्नो ठाँउमा नै फर्किदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टिका थाप्ने परम्परा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर