Aamsanchar

चितुवाको छालासहित एक युवक पक्राउ

Author Image
शनिवार, असोज ५, २०८१

बझाङ – चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो ।प्रहरी निरीक्षक किशोर जोशीको कमान्डमा खटिगएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले हातमा बोकेको सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रङ्गको बुट्टा भएको दाँत र पन्जा सहितको चितुवाको छाला फेला पारी बरामद गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर