Aamsanchar

इनरुवा नगरपालिकाद्वारा विपन्न विधार्थीलाई साइकल वितरण

Author Image
शनिवार, असोज ५, २०८१

इनरुवा- सुनसरीको इनरुवा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई साइकल वितरण गरेको छ ।

नगर क्षेत्रका १० जना छात्रालाई साइकल वितरण गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो । दलित, अति विपन्न तथा मुस्लिम छात्रालाई माथिल्लो कक्षामा पठन सहजताका लागि साइकल वितरण गरेको भण्डारीले बताउनुभयो ।

साइकल पाएपछि विधार्थी खुसी भएका छन् । साइकल वितरण कार्यक्रममा नगर उपप्रमुख विनितकुमारी मेहता समेतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर