Aamsanchar

ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर २१ बर्षिय युवकको ज्यान गयाे

Author Image
शनिवार, असोज ५, २०८१

प्रतिकात्मक तस्बिर

ताप्लेजुङ- ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जमेको पानीको दहमा पौडी खेल्ने क्रममा जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा मैखुका २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो ।

मेवाखोलामा निर्माणाधीन युनाइटेड मेवा हाइड्रोपावरमा कार्यरत मजदुर रहेका शेर्पाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार हाइड्रोपावरको निर्माणस्थल सोही गाउँपालिका वडा ३ खाम्लुङको माटेमा पौडी खेल्दा डुबेर शेर्पाको मृत्यु भएको छ । सान्थाक्रास्थित अस्थायी प्रहरी चौकीको प्रहरी टोली र स्थानीयले दहबाट शेर्पाको शव निकालेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बस्नेतले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर