Aamsanchar

झापामा पटाकासहित भारतीय कार नियन्त्रणमा

Author Image
शनिवार, असोज ५, २०८१

विर्तामोड-  सशस्त्र प्रहरीले नेपाल भारत सिमास्थित मेचीनगरमा एक लाख बढी मूल्यको पटाकासहित भारतीय कार नियन्त्रणमा लिएको छ।

मेचीनगर ६ काँकरभिट्टाबाट बरामद गरी एकलाख अठार हजार आठ सय ६४ रुपियाँ मूल्य बराबरको पटाका नष्ट गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा पटाका नष्ट गरिएको जनाएको छ।

भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध ल्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएरको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लोकनाथ उप्रेतीले जानकारी दिनुभयो।

भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती कारमा पटाका ल्याइएको थियो। भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर