Aamsanchar

कनकाई नदीमा बेवारिसे शव फेला

Author Image
शनिवार, असोज ५, २०८१

झापा – झापाको कनकाई नगरपालिका-७ स्थित टेक्रामा कनकाई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा शनिबार दिउँसो एउटा बेवारिसे शव फेला परेको हो ।

उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर