Aamsanchar

घाटीमा करेन्टको तार बेरिएको अवस्थामा हात्ती मृ*त फेला

Author Image
आइतवार, असोज ६, २०८१

बारा – बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्ती मृत फेला परेको छ।

करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर