Aamsanchar

वामपन्थी नेता दिसानायके श्रीलङ्काकाे राष्ट्रपति बन्ने सम्भावना बलियो

Author Image
आइतवार, असोज ६, २०८१

श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ । श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न हिजो मतदान भएको थियो । एक करोड ७० लाख मतदातामध्ये झन्डै ७५ प्रतिशतले मत खसालेका थिए ।

पछिल्लो मतपरिणाम अनुसार दिसानायकेले ४२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दिसानायके नेशनल पीपुल्स पावर ९एनपीपी० गठबन्धनका उमेद्वार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी साजिश प्रेमदासा दोस्रो र विक्रमासिंघे तेस्रो स्थानमा हुनुहुन्छ । प्रेमदासाले कुल मतको झन्डै ३२ र दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका विक्रमासिङ्घेले अहिलेसम्म १६ प्रतिशत मत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिमा चयन हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । पहिलो चरणको मतगणनामा उमेद्वारले ५१ प्रतिशत मत ल्याउन असफल भएमा दोस्रो चरणको मतदान हुनेछ । सन् २०२२ को आर्थिक सङ्कटयता श्रीलङ्कामा भएको यो पहिलो चुनाव हो । आर्थिक सङ्कटले गोटाबाया राजापाक्षे सरकारविरुद्ध जनआन्दोलन भएपछि उहाँ देश छाडेर भाग्न बाध्य हुनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर